जेन-जी आन्दोलन: कास्कीमा ९२ जना घाइते, घाइतेलाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने

पाेखरा | असोज २४, २०८२

जेन-जी आन्दोलन: कास्कीमा ९२ जना घाइते, घाइतेलाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने तस्बिर फाइल

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ ।


घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। २०८२ साल भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो। 


गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेन–जी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गते आइतबारदेखि देखि वितरण सुरु गरिने सूचनामा जनाइएको छ।


कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत रहेको भए कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने भनिएको हो । 


आवश्यक कागजातमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल_, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्।


साथै, आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्च वापत प्रति व्यक्ति २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको छ। 


सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा भनिएको छ, ‘परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।’ स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान गरिएको छ। उक्त कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ। 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्