पिएनमा भोलिदेखि अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिता
छात्रातर्फ ८ र छात्रतर्फ ९ समूहको सहभागिता
पाेखरा | भदौ १३, २०८२
पोखरा: स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको आयोजनामा भोलिदेखि हुने अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस समितिले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
स्ववियु पिएन क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसस्तरीय छात्रा÷छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।
‘पिएन क्याम्पसमा स्ववियु निर्वाचनबाट हामी निर्वाचित भएर आइसकेपछि हामीले खेलकुदको विधामा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गरिसकेका छौं, अध्यक्ष पोखरेलले भने, ‘क्याम्पसस्तरीय फुटबल प्रतियोगिता पिएन क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेका हौं ।’
उनले यस प्रतियोगिताबाट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव गर्न, आत्मविश्वास बढाउन, मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र क्याम्पसबीच शैक्षिक , सांस्कृतिक सम्बन्धलाई मजुबट बनाउन सहयोग पुग्ने अपेक्षा लिएको बताए ।
स्ववियु पिएन क्याम्पसका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक विक्रम क्षेत्रीले छात्र फुटबल प्रतियोगितामा आयोजकको २ टिम गरी ९ समूह र सेभेन ए साइड छात्रा फुटबलतर्फ आयोजकको २ टिम गरी ८ समूहको सहभागिता रहेको बताए ।
उनका अनुसार प्रतियोगितामा कास्की, बागलुङ, म्याग्दी, चितवन, काठमाडौं, भक्तपुर जिल्लाका त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको छात्रतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छात्रातर्फको विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त कोषाध्यक्ष सन्दिका गुरुङले जानकारी दिईन ।
प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण रंगशालामा हुनेछ । भदौ १४ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दैनिक तीन खेल हुने स्ववियुले जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

