मगर समुदायले भूमे पर्व मनाउँदै

लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा

दाङ | असार १, २०८२

मगर समुदायले भूमे पर्व मनाउँदै

दाङ:  मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ ।


भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।


भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।


लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।


विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो । 

दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाध...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अ...

थप पढ्नुहोस्