गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: स्याङ्जाको विजयी सुरुवात
पाेखरा | जेठ ३१, २०८२

पोखरा: पोखरामा आज देखि सुरु भएको गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको पहिलो खेलमा स्याङ्जाले म्याग्दीलाई ६विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको म्याग्दीले १८.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटियो ।
८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।
स्याङ्जाको जितमा ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै १ चौका, २ छक्काका साथ नट आउट रहँदै २० रन जोडे ।
म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन, २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरको स्पेलमा ३० रन खर्चिएर २ विकेट हात पारे ।
म्याग्दीका लागि सर्वाधिक रन रोशन कार्कीले २० बलमा १ चौक र २ छक्काको मद्धतमा २७ रन बनाए । भने दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने खासै टिक्न सकेनन् । म्याग्दीका ६ खेलाडीले एकल अंकमा पनि रन बनाउन सकेनन् ।
स्याङ्जाका बलर करण पंगेनी र सुजन गौतमले समान ३–३ विकेट लिए । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे । सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् ।
प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।  ...
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...