बागलुङमा जीप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बाग्लुङ | जेठ ३१, २०८२

बागलुङ: बागलुङमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१–००१–१७७५ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।
कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएपछि प्रहरीले जानकारी दिएको छ । कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ ।
जीप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
एक जना बुर्तिवाङमा उपचारपछि घर फर्किएका छन् । जीप सडकदेखि ६० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।  ...
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...
काठमाडौं: सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाध...