सभामुख र मुख्य सचेतकबिचको छलफल निष्कर्ष विहीन

काठमाडाैं | जेठ २५, २०८२

सभामुख र मुख्य सचेतकबिचको छलफल निष्कर्ष विहीन

काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ ।


संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतहरूसँग छलफल गर्नुभएको थियो ।


तर, दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन बनेको हो ।


प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताउनुभएको थियो ।


अर्कोतर्फ सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याउनु भयो ।


बैठकमा सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।


संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उहाँले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरुलाईआग्रह गर्नुभयो ।


भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको विपक्षी दलको अवरोधका कारण जेठ १३ यता सदन चल्न सकेको छैन ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्