गौरीघाटलाई भेट्रान्स फुटसलको उपाधि
पाेखरा | जेठ २४, २०८२
पोखरा: पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ ।
पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै लेकसाइडको गौरी घाटले उपाधिसहित ७७ हजार सात सय ७७ रुपैयाँ हात पारेको छ । यस्तै एलजीले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त ग¥यो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यअघि खेलको तेस्रो मिनेटमा नै लेकसाईड गौरी घाटका लागि किरण गुरुङले अग्रता दिलाएका थिए । राजेश खांडको पासमा किरणले गोल गरे ।
पहिलो हाफमा १–० ले पछि परेको एलजीले दोस्रो हाफमा बराबरी गोल फर्कायो । दोस्रो हाफको १९ औ मिनेटमा एलजीका मनिष थापाले गोल गरे ।
दुई दिनसम्म चलेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लेकसाइडका गम्भिर परियार घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक लेकसाइडकै विशाल नेपाली घोषित भए भने सर्वाधिक गोलकर्ता एलजीका मनिष थापा घोषित भए । उनीहरुले समान तीन÷तीन हजार रुपैयाँको साथमा ट्रफी हात पारे ।
प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने हौसला मिलेको प्रतियोगिता संयोजक अनुप रानाले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

