दैलेखमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

दैलेख | जेठ २३, २०८२

दैलेखमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु File photo

दैलेख:  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय बतासे जङ्गलमा सिकार खेलेर घर फर्किने क्रममा भरुवा बन्दुकको छर्रा लागेर उनको घटना स्थलमा मृत्यु भएको हो ।


सिकार खेल्न गई घर फर्किने क्रममा साथमा रहेका सूर्य बहादुर थापा बलामी लड्न गई उनले बोकेको भरुवा बन्दुक पट्किँदा सँगै रहेका पूर्ण बहादुर थापा सलामी मगरको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताउनुभयो ।


घटनाका विषयमा खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य दुई जनालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


पक्राउ पर्नेमा महाबु गाउँपालिका–४ का सूर्य बहादुर थापा बलामी र ओम बहादुर थापा बलामी मगर रहेका छन् ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...

थप पढ्नुहोस्

पोखरा:   दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्।  रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...

थप पढ्नुहोस्

नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...

थप पढ्नुहोस्