हाम्रो सहयोगी सहकारीको स्थापना दिवस विशेष फुटसल: सजिलो सहकारी च्याम्पियन
मंगलबार स्वास्थ्य शिविरसहित खुला रक्तदान हुने
पाेखरा | जेठ १८, २०८२

पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सजिलो बचत तथा ऋण सहकारी संस्था च्याम्पियन बनेको छ ।
एक्स आर्मी फुटसल जोनमा भएको फाइनल खेलमा आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई ४–३ गोलको अन्तरले पराजित गर्दै सजिलो सहकारी च्याम्पियन बनेको कार्यक्रम संयोजक श्रीजन श्रेष्ठले बताए ।
यसअघि सजिलो बचत तथा ऋण सहकारी संस्थाले मानषा बहुउदेश्यीय सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने, आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बहुउदेश्यीय सहकारी संस्थालाई हराउँदै फाइनलमा सजिलो सहकारीसँगको भेट पक्का गरेको थियो ।
सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई यही २० गते मुल समारोह कार्यक्रमको दिन पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनो बताए ।
सो प्रतियोगितामा पोखराका कुल ८ टिमको सहभागिता रहेको सञ्चालक समितिका सचिव मनोज विश्वकर्माले जानकारी दिए ।
यसअघि फाइनलमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै संस्थाका पूर्वअध्यक्ष तथा युवा व्यवसायी किसान सुनारले खेलकुदले नागरिकलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने धारणा राखे ।
वित्तिय क्षेत्रमा सेवारत सहकारीले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेका फुटसलले एक आपसमा भाइचारको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने व्यक्त गरेका थिए ।
२० गते मुल समारोहसहित खुला रक्तदान आयोजना हुने
संस्थाको १६ औँ वार्षिककोत्सवको मुल समारोह यही २० गते विविध कार्यक्रमसहित आयोजना हुँदैछ ।
उक्त दिन संस्थाले खुला रक्तदान, निशुल्क रक्त परिक्षण स्कीन टेष्ट लगायतका कार्यक्रहरु आयोजना गर्ने तयारी रहेको संस्थाका व्यवस्थापक जिबन अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रम पोखरा महानगरपालिका १४ चाउँथेमा आयोजना हुनेछ ।
कुल ८ करोड शेयर पुँजी रहेको संस्थाले हाल पृथ्वीचोक र चाउँथे गरी एकसाथ २ स्थानबाट आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
संस्थामा हाल १ हजार ३ सय ६४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...
पोखरा: दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...
नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...