राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन: अवसर र चुनौती

पाेखरा | जेठ ५, २०८२

राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन: अवसर र चुनौती

शिवहरि सुवेदी
-केन्द्रीय अनुशासन आयोग सदस्य (राष्ट्रिय युवा संघ नेपाल)
-नेकपा एमाले लेखा कमिटी अध्यक्ष अन्नपूर्ण गाउँपालिका,कास्की

 

पोखरा:    नेपालको समकालीन राजनीतिक वातावरणमा सबैभन्दा बढी निराश देखिएको वर्ग युवाहरू हुन् ।

 

विगतका आन्दोलन, परिवर्तन र राजनीतिक उपलब्धिमा युवाहरूको निर्णायक भूमिका रहेपनि अहिलेको राजनीतिक प्रणालीप्रति उनीहरूमा बढ्दो अविश्वास, वितृष्णा र दूरी देखिएको छ ।

 

राजनीति ‘प्रभावशाली सेवा’ को माध्यम हैन, सत्ताको संरक्षणको औजार बनेको धारणा व्यापक बन्दै गएको छ ।

 

यस्तो सन्दर्भमा, राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन केवल संगठनको नेतृत्व चयन गर्ने औपचारिकता नभई समग्र युवापुस्तासँग जोडिएको अपेक्षा र चुनौतीको संगम बन्दैछ ।

 

  • समसामयीक पृष्ठभूमि: युवाबीचको राजनीतिक वितृष्णा

  

 –विगतमा युवाहरू आन्दोलनको अगुवाइमा थिए, तर आज नीति निर्माण प्रक्रियाबाट उनीहरू टाढा छन् ।
  

 –बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवामा असमानता, र सिफारिस–प्रेरित प्रणालीले उनीहरूलाई निराश बनाएको छ ।
  

 –राजनीति र राज्यप्रणालीप्रति वितृष्णा बढ्नुको मुख्य कारण, योगदान पुर्याउनेलाई छायामा राख्ने प्रवृत्ति हो ।

 

  • दशौं महाधिवेशनका अवसरहरू

 

१. संगठनको गुणात्मक पुर्नसंरचना 

-सँख्यात्मक हैन, गुणात्मक विस्तारमा जोड दिनु पर्ने समय आएको छ । नेतृत्व र नीतिको पुनरावलोकनको अवसर यही महाधिवेशनले दिन सक्छ ।

 

२. योगदानमा आधारित नेतृत्व निर्माण

-क्षमता, प्रतिबद्धता र इमानदारितामा आधारित नेतृत्व छनोटले संगठनलाई विश्वसनीय बनाउँछ । यही आधार तय गर्न महाधिवेशन निर्णायक बन्न सक्छ ।

 

३. नीति स्पष्टता र युवामैत्री दृष्टिकोण

-रोजगारी, प्रविधि, उद्यमशीलता, जलवायु संकटलगायत युवासम्बन्धी विषयमा ठोस नीति आवश्यक छ, जसको कार्यान्वयन खाका महाधिवेशनबाट तय हुनुपर्छ ।

 

४. मिसन २०८४ सँग रणनीतिक जोड

-दशौं महाधिवेशनले ‘युवालाई मतदाता होइन, नीति निर्माता बनाउने’ दृष्टिकोण ल्याउने हो भने आगामी निर्वाचनमा संगठन निर्णायक भूमिका खेल्न सक्छ ।
 

  • चुनौतीहरू

 

१. गुटगत राजनीति र गुट सन्तुलन

-यदि महाधिवेशन गुट सन्तुलनकै भरमा सीमित रह्यो भने योगदान गर्ने धेरै युवाहरू हतास हुनेछन् ।

 

२. व्यवहारमा लागु नहुने घोषणा

-अघिल्ला महाधिवेशनका नीति, योजना कार्यान्वयन नभएको इतिहास दोहोरियो भने यसपटकको उत्साह पनि निराशामा परिणत हुन सक्छ ।

 

३. प्रतिनिधित्वको सीमितता

-प्रदेश, लिङ्ग, वर्ग, समुदायको समावेशी प्रतिनिधित्व भएन भने संगठन ‘राष्ट्रिय’ हैन ‘केन्द्रीकृत’ संस्थाजस्तो देखिने खतरा रहन्छ ।

 

४. व्यावसायिक रणनीतिक अभाव

-राजनीतिक प्रशिक्षण, नीति बहस, उद्यम विकासजस्ता क्षेत्रमा व्यावहारिक योजना र दीर्घकालीन सोचको अभाव नै प्रमुख चुनौती हो ।

 

  •  रणनीतिक सिफारिसहरू    

 

❖ “एक कार्यकर्ता = एक अभियान” मा संगठनलाई परिचालन गर्ने रणनीति आवश्यक छ।
 

❖ महाधिवेशन निर्णयहरू कार्यान्वयन गर्न छुट्टै ‘Action Committee’ गठन गरिनुपर्छ।
 

❖ संगठनभित्र अनुशासन, पारदर्शिता, जवाफदेहिता, र प्रतिस्पर्धाको संस्कृति विकास गर्नुपर्छ ।
 

❖ निर्णयहरू संवाद र दस्तावेजमार्फत आम युवासम्म पु¥याउने कार्ययोजना आवश्यक छ ।

 

  • निष्कर्ष

 

राजनीतिक विसंगति, गुटगत जटिलता र वैचारिक विचलनबीच राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन युवापुस्तामाझको राजनीतिक आस्थालाई पुनस्र्थापित गर्ने अवसर हो ।

 

यदि यस महाधिवेशनले आत्मालोचना, पारदर्शिता, योग्यता र योगदानको मूल्यांकनसहितको नेतृत्व छनोट, तथा समावेशी रणनीति प्रस्तुत गर्न सक्यो भने—यो महाधिवेशन नैराश्यताको अँध्यारोमा उज्यालो किरण सावित हुनेछ ।

 

“अत सही मार्गचित्र र जवाफदेही नेतृत्व स्थापित गर्न सकियो भने, राष्ट्रिय युवा संघ नेपाल फेरि पनि मात्र राजनीतिक संगठन होइन — नेपाली युवाको आशा, विश्वास र परिवर्तनको अग्रणी प्रतिनिधि, आस्थाको एकमात्र धरोहर बन्न सक्छ ।




 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...

थप पढ्नुहोस्

पोखरा:   दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्।  रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...

थप पढ्नुहोस्

नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...

थप पढ्नुहोस्