रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ: उपसभापति डा. वाग्ले

तनहुँ | फागुन २४, २०८१

रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ: उपसभापति डा. वाग्ले तस्बिर फाइल

तनहुँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताउनुभएको छ । 

    
पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।  

    
तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उहाँले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उहाँको भनाइ छ । 

    
पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिनुभयो ।  

    
भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ । त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन हुनुभएको छ । 

लुम्बिनी:  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ ।  लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिल...

थप पढ्नुहोस्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।            संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयम...

थप पढ्नुहोस्

पोखरा: यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।      आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास स...

थप पढ्नुहोस्