भाइको हत्या अभियुक्त पक्राउ

दार्चुला | फागुन २३, २०८१

भाइको हत्या अभियुक्त पक्राउ

दार्चुला: भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।


गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिनुभयो । 


उहाँका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । 


लेनदेनका विषयमा विवाद हुँदा विष्टले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेको अभियोग छ । कर्णबहादुर विष्टले सुरेन्द्रलाई रु ४० हजार तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ ।

पोखरा: यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।      आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास स...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालबाट विगत केही समयदेखि स्थापित फुटबल खेलाडीसमेत विदेश पलायन भइसकेको अवस्थामा मुलुकमा खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्यसहित नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो ...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगलागीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। व्यक्तिको घरमा आगलागी भएपछि सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो। राजावादीहरुको प्रदर्शनमा घरमा आगलागी...

थप पढ्नुहोस्