बगर भाइखलक कपको फाइनल सोमबार, कुन–कुन टिम उपाधिका दाबेदार ?

पाेखरा | माघ २०, २०८१

बगर भाइखलक कपको फाइनल सोमबार, कुन–कुन टिम उपाधिका दाबेदार ?

पोखरा:     ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ ।

 

त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।

 

उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् । 

 

यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।

 

६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए । 

 

उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।

 

प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 

यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 


 

कास्की:    देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आग...

थप पढ्नुहोस्

काठमाडौं:  पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।   ‘हामी एक हौं’ भन्ने नारासहित...

थप पढ्नुहोस्