सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैं | माघ ८, २०८१

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।
सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि ...
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। ...