रविसहित ७ जनालाई छाड्न अदालतको आदेश, कसलाई कति धरौटी ?
पाेखरा | पुस २५, २०८१
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायत ७ जनालाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ ।
रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो ।
सहकारी ठगीको मुद्दामा जोडिएका रास्वपाका सभापति रवि लामिछाने पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको र त्यहाँबाट आर्जित सम्पत्ति शुद्धिकरणको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातजनालाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेशसँगै तीन जना धरौटीमा रिहा भइसकेका छन् । अन्य प्रतिवादी पनि धरौटी बुझाएर रिहा हुने तयारीमा छन् ।
काठमाडौं: आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । हालैको मन्...
सिरहा: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पार्नुभएको छ । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको ...