आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि

काठमाडाैं | पुस २५, २०८१

आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि

काठमाडौं:    नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ ।


बुटवलको रामनगर खेलमैदानमा आज भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, चौथो सेट २५–२२ र पाँचौं सेट १५–७ ले जित्यो । पुलिसले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२० जित्यो ।


जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।


प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी गरी आठ वटा टोली सहभागी थिए ।

काठमाडौं:     काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ ।  महानगरको विपद् व्यवस्थापन विभागले यस कार्य...

थप पढ्नुहोस्

काठमाडौं:   पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । ...

थप पढ्नुहोस्

ललितपुर:    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समित...

थप पढ्नुहोस्