घलेलमा ल्होछार उत्सव जारी, आज ६ खेल सम्पन्न
पाेखरा | पुस २०, २०८१
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा खुल्ला पुरुष भलिबलतर्फ पहिलो चरणको ६ खेल सम्पन्न भएको छ ।
आज भएको पहिलो खेलमा भुर्जुङखोलाले जनजागरण घाचोकलाई २–१ को सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा ठुलाखेतले छोम्रोङलाई २–१ को सेट, तेस्रो खेलमा बाँझोखेतले तोल्कालाई २–० को सेट, चौथो खेलमा धम्पुस लेक कुनाले खादरजुङलाई २–० को सेटमा पराजित गर्यो।
पाचौं खेलमा ठाँटीले मिर्सालाई २–० को सेटमा र छैठौ खेलमा कुईबाङले डाँडागाउँलाई २–१ को सेटमा पराजित गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार भोलिपनि पहिलो चरणका खेलहरु सञ्चालन हुनेछन् ।
यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्य...
काठमाडौं: पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । ...
ललितपुर: गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समित...