मानव अधिकारचोकमा रास्वपाको धर्ना: 'रवि दाई हाई हाई !’ (तस्बिरहरु)
पाेखरा | कात्तिक २१, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गरेका छन् ।
लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना बसेका हुन् ।
उनीहरुले आज भने कुनैपनि नाराबाजी गरेनन् ।
‘रवि दाई हाई हाई’, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन भ्रष्ट सरकार चाहिदैन’ लगायत नारा उल्लेखित प्लेकार्ड प्रर्दशन गरेका थिए ।
हिजो (मंगलबार) तेस्रो पटक कास्की जिल्ला अदालतले रवि लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
थप तस्बिरहरु:-
काठमाडौं: काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्य...
काठमाडौं: पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । ...
ललितपुर: गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समित...