पोखरामा कबड्डीको रेफ्रि र प्रशिक्षक प्रशिक्षण सुरु
पाेखरा | असार २, २०८१
पोखरा: पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले कुनै पनि खेलकुदको जग विद्यालय भएकोले परिषदले आफ्ना प्रशिक्षणका कार्यक्रमहरुलाई सोही अनुरुप तय गरेको बताए ।
परिषदले खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै सोही अनुसार कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत रहेकोले गण्डकीमा यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहज हुने बताइन् ।
गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कबड्डी संघका सचिव हरि जिशीले समेत आफ्ना भनाई राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० जना खेल शिक्षकहरुको सहभागिता रहेको सचिव जिशीले जानकारी दिएका छन् ।
तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अखिल नेपाल कबड्डी संघका सचिव एवं प्रशिक्षक तर्कराज भट्ट र गण्डकी प्रदेश कबड्डी संघका सचिव एवं प्रशिक्षक हरि जिशीले सहजिकरण गर्ने भएका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

