गैह्रीगाउँ हत्याकाण्ड: घटनामा संलग्न रहेको आशंकामा थप एकजना प्रकाउ
काठमाडाैं | भदौ ३१, २०८०

काठमाडौं: काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजमा देखिएका संदिग्धलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो ।
गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
पोखरा: फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिक...
काठमाडौं: १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ। औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेक...
काठमाडौं: भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पन...