पोखरामा राष्ट्रिय भलिबल जारी, पुलिसको दुवै टोलि विजयी
पाेखरा | भदौ ३०, २०८०

पोखरा: पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्।
काठमाडौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले बुटवलको एभेरेष्ट भलिवल क्लब माथि लगातार तीन सेटको शानदार जित हासिल ग¥यो। डाइमण्डले एभेरेष्ट माथि २५-११, २५-१५,२५-१६ को सेटमा पराजित गरेको हो ।
अर्को खेलमा डाइमण्डले एपिएफ माथि उत्कृष्ट पूनरागमन जित दर्ता ग¥यो । महिला तर्फ निकै प्रतिष्प्रर्धात्मक खेलमा पहिलो लगातार दुई सेट आफ्नो पोल्टामा पारेको न्यू डाईमण्ड बिरुद्ध एपिएफले कमव्याक हुदै दोश्रो र तेश्रो सेट आफ्नो पोल्टामा पार्न सफल भए पनि पाँचौ सेटमा उत्कृष्ट पूनरागमनसहित डाइमण्डले जित दर्ता गरेको थियो । न्यू डाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेश्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौ सेटमा भने न्यू डाइमण्डसंग एपिएफ १५-५ को सेटमा पराजित भएको छ ।
शनिबार भएको पुरुष तर्फको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले अर्को विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले एपिएफ माथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो ।
पुरुष तर्फ को अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबले बागलुङ गलकोट स्पोट्र्स क्लब माथि सोझो सेटमा पराजित गरेको हो । मनिमुकुन्दले गलकोट माथि २५-२३, २९-२७ र तेश्रो सेटमा २५-२० मा पराजित गरेको हो ।
महिला तर्फको अर्को खेलमा नेपाल पुलिसले एभेरेष्ट माथि सोझो सेटमा पराजित गर्यो । पुलिसले एभेरेष्ट माथि २५-१८, २५-१८ र तेश्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । यसैबिच उक्त प्रतियोगिताको उद्घाटन शनिबार एक समारोहका बिच नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गर्नू भएको हो ।
आइतबार महिला तथा पुरुष तर्फका ५ खेलहरु हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । शुक्रबार भएको लिग चरणको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले एकमा जित एकमा हार व्यहोरेको छ । पुरुष तर्फका केही खेल शुक्रबार देखि सुरु भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिला भलिवल खेल भने शनिबार देखि सुरु भएको हो ।
प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दीनेश भण्डारीले बताउनु भयो ।
राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा असोज १ गतेसम्म महोत्सव संचालन हुने भएको छ । ।
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...