घोरबन्दा कपको उपाधिका लागि आयोजक र सराई भिड्ने

पाल्पा | भदौ ३०, २०८०

घोरबन्दा कपको उपाधिका लागि आयोजक र सराई भिड्ने

पाल्पा:   पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नव जागृती युवा क्लब (कालो) र सराई एफसी भिड्ने भएको छ ।

 

हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भगवती एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले फाइनलमा सराई एफसीसँगको भेट पक्का गरेको हो ।

 

प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार आयोजकको जीतमा निश्चल थापामगर र निरज थापाले समान १/१ गोलको योगदान दिए भने भगवती एफसीको तर्फबाट सुरज श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए । 

 

पहिलो हाफको १३ औं मिनेटमा आयोजका कप्तान मनिक गाहामगरले फल गरेपछि रेड कार्डको शिकार बन्दै मैदानबाट बाहिरिए । 

 

उक्त अवसरमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भगवती एफसीले १ गोलको अग्रता बनाएको थियो । भगवती एफसीले आफ्नो अग्रतालाई पहिलो हाफमा जोगाएपनि दोस्रो हाफमा भने गुमाउन पुग्यो ।

 

आयोजक टोली १० खेलाडीमा सिमित रहेपनि निरज थापाले टिमको लागि पहिलो गोल गर्दै खेल बराबरीमा फर्काए ।

 

१–१ गोलको बराबरीमा रहेको अवस्थामा आयोजकले दबदबा सिर्जना गर्दै निश्चल थापामगरले निर्णायक गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको त्यो गोल दोब्बर मात्रै बनेन । टोलीलाई उपाधि नजिक पुर्याउन योगदान दियो । सो खेलबाट निश्चल म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

 

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सराई एफसीले जनकल्याण एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । 

 

प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार अब फाइनल खेल असोज १ गते हरितालिकाको दिन कोठीचौर खेलमैदानमा हुनेछ । 

 

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।

 

प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

 

आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
 

काठमाडौं:    भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पन...

थप पढ्नुहोस्

पोखरा:   सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई दु:ख  हैरानी दिने दुई जना सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा सार्वजनिक साधनमा जवरजस्ती चढाउने,...

थप पढ्नुहोस्

काठमाडौं:    सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । श...

थप पढ्नुहोस्