फोटो पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत
पाेखरा | भदौ ३०, २०८०

पोखरा: सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् ।
आहारारा गोल्डकप आयोजक सहारा क्लबले दिँदै आएको पुरस्कार यस वर्ष फोटो पत्रकार पुनले पाएका हुन् ।
पुनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य,सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगायतले नगद २५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरे ।
पुन डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् ।
हाल उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् ।
कार्यक्रममा मेयर धनराज आचार्यले सहारा क्लब र यसले आयोजना गर्ने आरारारा गोल्ड कप पोखराको पहिचान बनेको उल्लेख गरे ।
यो पुरस्कारबाट यसअघि नारायण शाही, दीपक परियार, ईन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...