सराई एफसी घोरबन्दा कपको फाइनलमा प्रवेश

उपाधि नजिक पुग्न आयोजक र भगवती एफसी आज भिड्दै

पाल्पा | भदौ २९, २०८०

सराई एफसी घोरबन्दा कपको फाइनलमा प्रवेश

पाल्पा: सराई एफसी पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ ।

 

हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको हो ।

 

सराईको जीतमा आशिष रानाले २ गोलको योगदान दिए भने सुरज राना र रामकृष्ण पौडेलले समान १÷१ गोल गरे ।  सो खेलबाट आशिष राना म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत बने । 


 

यसैगरी अर्काे सेमिफाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) र  भगवती एफसी आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक विरबल रानामगरले जानकारी दिए ।

 

उनका अनुसार सो खेलबाट विजेता टोलीले उपाधिका लागि सराई एफसीसँग असोज १ गते (हरितालिका तीजको दिन) भिड्ने छ ।  

 

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।
प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

 

आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।

पोखरा:    फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिक...

थप पढ्नुहोस्

काठमाडौं:    १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ।  औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेक...

थप पढ्नुहोस्

काठमाडौं:    भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पन...

थप पढ्नुहोस्