एकताको सन्देशसहित तमु समुदायले मनाए ट्होटें (तस्बिरहरु)
किन मनाइन्छ ट्होटें पर्व ?
पाेखरा | साउन ३०, २०८०

पोखरा: पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित ट्होटें पर्व मनाएका छन् ।
तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज (मंगलबार) पोखरामा वृहत ¥यालीसहित मनाएका हुन् ।
हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।
उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।
विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपसँगै एकताको सन्देश दिने उद्देश्यसहित पोखरामा ट्होटें मनाएको तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले बताए ।
उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ ।
‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो, गुरुङले भने, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंगलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’
ट्होटें पर्वको महत्व
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फुलबारीबाट ट्होटें र्यालीसहित महेन्द्रपुल,, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।
सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।
तस्बिर: सुशान्त (अर्जुन) गाहा मगर/सुनगाभा न्यूज
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...