सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

पाेखरा | जेठ २३, २०८०

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

पोखरा:  सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । 

 

रक्तदान जिवनदान जिवनदान महादान भन्ने मूल नाराका साथ पोखरा २६ बिजयपुरमा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि। ले मंगलबार गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको हो ।

 

सहकारीले आफ्नो १० ओै स्थापना दिवसको अबसर पारेर  खुल्ला  रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । सहकारीको प्राङणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले पहिलो रक्तदाता वसन्त वंजरालाई  ब्लड ब्याक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । 

 

सहकारीका अध्यक्ष निकिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिलिङ्गे कृषि सहकारी संस्था लि. का अध्यक्ष्य ठाकुर प्रसाद रानाभाट, जागरूक समाज पोखरा–२६ का अध्यक्ष रामहरी ढुंगाना, नेपाली काङ्ग्रेस पोखरा– २६ का सभापती शिव बहादुर रानाभाट, राप्रपा पोखरा– २६ का अध्यक्ष टिकाराम अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका रानाभाट, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुमन भट्टराई, सहकारीका पुर्व अध्यक्ष खड्क वहादुर रानाभाट, सल्लाहकार चन्द्र गोपाल रानाभाट र नरभुपाल पौडेल लगायतले बोलेका थिए ।

 

उपाध्यक्ष गणेश राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिब प्रज्वल अधिकारीले  गरेका थिए भने कार्यक्रम संयोजक नरेश पौडेलले कार्यक्रम सफल पार्न  सहयोग हुने सबैलाई धन्यवाद व्यक्त गर्नु गरेका थिए ।

 

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र पोखराका बरिस्ठ प्राबिधिक महेन्द्र केसी नेतृत्वको टोलीले प्राबिधिक सहयोग गरेको सहकारीले जनाएको छ ।
 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्