व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

पाेखरा | जेठ २३, २०८०

व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म व्यवसाय एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा एगाका सदस्य एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहितको ४५ सदस्यीय टोली प्रवद्र्धनात्मक भ्रमणका लागि त्यसतर्फ लागेको हो ।

 

एगाका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको नेतृत्वको टोलीमा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष  रवीन्द्रराज पौडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसी लगायतको सहभागिता छ ।टोलीले पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकनका साथै व्यवसायी र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । विशेषतः इम्ब्रोइडरी र गार्मेन्ट्ससँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीको अध्ययन अवलोकन गर्ने भ्रमणको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

 

भ्रमण टोली हिमाल पारीको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाकासम्म पुग्ने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । भ्रमणका क्रममा स्थानीयस्तरमा उत्पादित अल्लो लगायतका सामाग्रीका बारेमा जानकारी लिनुका साथै बजारीकरणका सम्बन्धमा छलफल गरिने उहाँले बताउनुभयो ।

 

भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नवीन पोखरेल, एगाका पूर्व अध्यक्षद्वय चीरञ्जीवि पोखरेल र कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गर्नुभएको थियो । उक्त अवसरमा पर्यटन बोर्डका प्रबन्धक पोखरेलले स्थानीयस्तरमा उत्पादित सामाग्रीको प्रवद्र्धन र बजारीकरणका लागि भ्रमण महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

एगाका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसले व्यवसाय प्रवद्र्धनमा पनि सघाउने उल्लेख गर्नुभयो । प्रवद्र्धन टोली शुक्रबार पोखरा फर्कने उपाध्यक्ष लम्सालले जानकारी दिनुभयो । 
 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्