व्यवसायीको अडान: ‘ठेकेदारलाई भाडा तिर्दैनौ, हङकङ बजार छोड्दैनौ’

पाेखरा | जेठ १९, २०८०

व्यवसायीको अडान: ‘ठेकेदारलाई भाडा तिर्दैनौ, हङकङ बजार छोड्दैनौ’

पोखरा:      पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्‍यो । 


महानगरपालिकाले तत्कालिन समयमा २०६९/११/१०-१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा जग्गामा फुटपाथ व्यवसायीहरुलाई स्थानान्तरण गरेको थियो । 


फुटपाथ व्यवसायीहरुलाई कषि समाग्रीको जग्गामा व्यवसायको लागि स्थानान्तरण गर्दा उक्त जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका थिए । २०६९ सालमा पनि कृषि सामग्री लिमिटेडले सरकारी नीतिमा नै रहेर तिवारीलाई जग्गा भाडामा दिएको कृषि सामग्री लिमिटेडका पोखरा प्रमुख विष्णु पोखरेलले बताए । 


‘०६९ सालमा नन्द प्रसाद तिवारीले भाडामा लिँदा पनि सरकारी नीति अनुसार नै भाडामा लिएका हुन्, पोखरेलले भने, ‘कृषि सामग्रीले तिवारीसँगको सम्झौता सकिएपछि पुनः सरकारी नीति अनुसार टेण्डर आह्वान ग¥यौ, २२ जना मध्ये ३ जनाको प्रक्रिया अगाडि बढेको छ ।’


कृषि सामग्री लिमिटेडले चैत २१ गते न्यूनतम १२ लाख १५ हजार सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । 


यता हङकङ बजारमा स्थापनाकालदेखि नै व्यापार गर्दै आएका व्यवसायीहरुले भने व्यवसायीहरुको हित विपरित गएर कम्पनीले टेण्डर आह्वान गरेको र ठेकेदार प्रथाको अन्त्य गर्ने भन्दै दुईमहिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् । 


हङकङ बजारका व्यवसायी राजकुमार सुवेदीले स्थानीय सरकार, राजनीतिक दलहरु र प्रशासनले नै फुटपाथ व्यवसायीहरुलाई त्यहाँ स्थानान्तरण गरेकाले सबैले समन्वय गरेर समस्याको समाधान गर्न सर्वदलीय बैठक राख्न माग गरे । 


‘कोरोनाले केही वर्ष व्यापार राम्रोसँग हुन सकेन, अहिले आर्थिक मन्दीको असर परिरहेको छ, यस्तो समयमा भाडा बढाउनु व्यापारीको हित विपरित छ, सुवेदीले भने, ‘हिजो फुटपाथमा व्यवसाय गर्दैगर्दा महानगर, प्रशासन र राजनीतिक दलहरुको सक्रियतामा नै कृषि सामग्रीको जग्गामा व्यवस्थापन गरेको थियो ।’ 


उनले सबैसँग सर्वदलीय बैठक आह्वान गरेको समस्याको समाधान खोज्न स्थानीय सरकार पोखरा महानगरपालिकालाई पटकपटक अनुरोध गर्दै आएका बताए । 


कृषि सामाग्री लिमिटेड कम्पनीले ठेकेदार र बिचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको भन्दै टेण्डर प्रक्रिया खारेज गर्न माग गर्दै आएका छन् । पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण प्रसाद तिवारीले भने अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नभएको बताए । 


‘कम्पनीको नियम अनुसार नै टेण्डर आह्वान भएको छ, अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नै हो, तिवारले भने, ‘व्यवसायीहरु लिखित र मौखिक रुपमा नगरप्रमुख समक्ष आउनुभएको छ, हामीले यसमा समन्वय गर्न प्रधानमन्त्री कार्यालय र कृषि सामग्रीको कार्यालयमा पत्र काटेका छौं ।’


यो विषय केन्द्रिय सरकार मातहतमा रहेकाले हङकङ बजारको समस्याको समाधान केन्द्रिय सरकारले नै गर्नुपर्ने उनले धारणा राखे । ‘यो केन्द्र सरकारको मातहतमा रहेको जग्गा हो, व्यवसायीको अवस्था हेरेर हामीले संघ सरकारलाई सिफारिस पत्र लेखेका छौं यो समस्या केन्द्र सरकारले समस्या गर्नुपर्छ ।’ उनले भने । 


टेण्डर आह्वानको विरोध गर्दै हङकङ बजार व्यवस्थापन समितिले आज (शुक्रबार) ११ बजेदेखि हङकङ बजारदेखि विरोध र्‍याली  गर्दै पोखरा पृथ्वीचोक, सभागृह हुदै पोखरा महानगरपालिकाको कार्यालय अगाडिसम्म नाराबाजी  गरेका थिए ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्