लमजुङ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

लमजुङ | जेठ १९, २०८०

लमजुङ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्।

 

बिहीबार बिहान साढे १ बजेतिर बेँसीसहर नगरपालिका- ८ शेरास्थित कारागारको उत्तर–पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए। 

 

फरारमध्ये जबर्जस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका- ४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घन्टाको अवधिमा प्रहरीले बेँसीसहर नगरपालिका– २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।

 

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेँसीसहर नगरपालिका– १ चिप्लेटीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामाम पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

 

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।  ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् । 

 

कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ ।

 

कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।

पोखरा:    फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिक...

थप पढ्नुहोस्

काठमाडौं:    १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ।  औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेक...

थप पढ्नुहोस्

काठमाडौं:    भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पन...

थप पढ्नुहोस्