आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
काठमाडाैं | जेठ १२, २०८०

काठमाण्डौ: आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् ।
विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एकरदुई ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउछन् । उनका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ र स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
काठमाडौं: सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।...
लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। बिहीबार बिहान साढे १ बजेतिर बेँसीसहर नगरपालिका- ८ शेरास्थित कारागारको उत्तर–पश्चिमतर्फको कैदी कारागारको पर्ख...
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवा...