भन्सार छलीको सामान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय पक्राउ

धनगढी | जेठ १०, २०८०

भन्सार छलीको सामान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय पक्राउ

धनगढी: कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

 

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको सामान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलियामा बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएका छन्।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध सामान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।

 

गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्