५१ अङ्कले बढ्यो शेयर बजार
काठमाडाैं | जेठ ९, २०८०

काठमाडौं: लगातार छैटौँ दिन आज मङ्गलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज खप्तड लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज जम्मा दुई वटा कम्पनीको शेयरमात्रै सामान्य घटेको छ ।
काठमाण्डौ: सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकार...
पोखरा: पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्यो । महानगरप...
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण द...