प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि पोखरामा आउने

पाेखरा | जेठ ९, २०८०

प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि पोखरामा आउने

पोखरा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बुधबार) पोखरा आउने भएका छन् । 

 

गण्डकी प्रदेशको राजधानी पोखरामा हुने मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री दाहाल बुधबार पोखरा आउने भएका हुन् ।

 

उनले पोखरामा भोलि (बुधबार) हुने मुख्यमन्त्री सम्मेलनलाई सरकारको तर्फबाट सम्बोधन गर्नेछन् ।

 

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार भोली (जेठ १०) गते पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको भेला छ ।

 

सो सम्मेलनमा  विभिन्न प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गरिने बताइएको छ ।
 

पोखरा:    ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।    एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर ताल...

थप पढ्नुहोस्

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।   होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्...

थप पढ्नुहोस्

बनेपा:   काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।   जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ...

थप पढ्नुहोस्