नक्कली शरणार्थी काण्ड: १६ जनालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं | जेठ ८, २०८०

नक्कली शरणार्थी काण्ड: १६ जनालाई तीन दिन हिरासतमा राख्न अनुमति तस्बिर: सुजन गुरुङ

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

 

आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।

 

त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिए ।

 

उनले प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने बताए ।

 

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात् अभियोजनको काम गर्ने बताउनुभयो। उहाँले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने सुनाए ।

काठमाण्डौ: सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।    महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकार...

थप पढ्नुहोस्

पोखरा:      पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्‍यो ।  महानगरप...

थप पढ्नुहोस्

कैलाली:  कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ ।    पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण द...

थप पढ्नुहोस्