संसद र सरकार अरूले नै चलाउने रहेछ: पर्यटनमन्त्री किराती

काठमाडाैं | जेठ २, २०८०

संसद र सरकार अरूले नै चलाउने रहेछ: पर्यटनमन्त्री  किराती

काठमाडौं:   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् ।

 

मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताए ।

 

मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे ।

 

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताए । त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ ।

काठमाण्डौ: सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।    महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकार...

थप पढ्नुहोस्

पोखरा:      पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्‍यो ।  महानगरप...

थप पढ्नुहोस्

कैलाली:  कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ ।    पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण द...

थप पढ्नुहोस्