गण्डकी प्रदेश प्रहरीले सुरु गर्यो लघु सचेतनामुलक कार्यक्रम
काठमाडाैं | चैत ३, २०७९

पोखरा: गण्डकी प्रदेश प्रहरीले लक्षित जनसमुदायमा पुगी छोटो समयमा सरल र प्रभावकारी तरिकाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा स्थापनार्थ सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ ।
यस अन्तर्गत गण्डकी प्रदेश प्रहरीले विद्यालयहरुमा प्रार्थनाको समयमा, टोल बिकास संस्था तथा आमा समुहहरुको नियमित बैठकको समयमा, विभिन्न क्लवहरुको खेल सुरुहुने समयमा, बस पार्कहरुमा प्रहरी कर्मचारी पुगी बिभिन्न विषयका शान्ति सुरक्षा सम्बन्धी पर्चा वितरण र छोटो अन्तरक्रिया गरी १० देखी १५ मिनेट सम्मको कार्यक्रम सञ्चालन गर्ने रणनीति तय गरेको छ । यस क्रममा सुरक्षा सचेतनाको कमि भएको समुदाय र विषय पहिचान गरी सोही समुदायमा आवाश्यक विषयको लघु सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
यस लघु सचेतना कार्यक्रमहरु अन्तर्गत लागुऔषध दुर्व्यसनी नियन्त्रण, महिला हिंसा रोकथाम, सडक दुर्घटना न्यूनिकरण, बालबिबाह र मानव वेचबिखन रोकथाम, घरेलु हिंसा न्यूनिकरण, साईबर सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
लघु सचेतनामुलक कार्यक्रमहरु मार्फत नागरिकहरु सुसुचित भई आफ्नो समाजमा हावी रहेका लागुऔषध दुर्व्यसनि, महिला हिंसा, सडक दुर्घटना, बालबिबाह, मानव वेचबिखन, घरेलु हिंसा, साईबर अपराध लगायतका विषयमा आफु सचेत र सुरक्षित रहि प्रहरीलाई सुचना प्रदान गर्ने अपेक्षा राखीएको छ ।
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएका उक्त कार्यक्रमहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नयाँ स्वरुप प्रदान गरी ११ ओटै जिल्लामा निरन्तर सञ्चालन गर्न निर्देशन गरीएको छ ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । ...
पोखरा: पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बार...
पोखरा: प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी प...