‘मिटर ब्याज’ शैलीमा जरिवाना, एउटैले १० करोडसम्म तिर्न बाँकी !

पाेखरा | फागुन ३०, २०७९

‘मिटर ब्याज’ शैलीमा जरिवाना, एउटैले १० करोडसम्म तिर्न बाँकी !

पोखरा:  पोखराका व्यवसायीहरुले करको बक्यौता तिर्न अटेर गरेको पाइएको छ । 

 

आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार व्यवसायीहरुले मूल्य अभिवृद्धि करको बक्यौता रकम नतिर्दा उनीहरुलाई थप भार परिरहेको जनाएको छ । निर्धारित समयमा कर नतिर्दा ऐन अनुसार त्यसको जरिवाना थपिँदै जान्छ । 
 

जरिवाना थपिँदै जाँदा सुरुमा निर्धारित भएको कर दूई गुणा बढी पुगेको राजश्वको तथ्यांक छ । व्यवसायीहरु निर्धारित समयमै कर तिर्न किन आनाकानी गर्छन् ? राजश्व कार्यालयको जवाफलाई मान्ने हो भने व्यवसायीहरुमा पछिल्लो समय अटेरी प्रवृत्ति बढिरहेको छ । 

 

सरकारले समयसमयमा कर उठाउन व्यवसायीहरुलाई सहुलियत दिएका कारण पनि उनीहरुले अटेर गरेका हुन् । लामो समयसम्म कर नतिरेका कम्पनीलाई सरकारले छूट दिने नजीर बसेपछि व्यवसायीहरु त्यस्तै अवसरको प्रतीक्षामा बस्ने गरेको समेत पाइएको छ । 

 

राजश्व कार्यालय पोखराले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवरण अद्यावधिक नगर्ने र कर नतिर्ने कम्पनीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ‘उहाँहरुको नाम सार्वजकि गर्नुको उद्देश्य समयमै अपडेट होस् र कर बक्यौता भुक्तानी होस् भन्ने चाहना हो’ कार्यालयका कर अधिकृत गोपाल गिरी भन्छन् ‘तर ऐन, नियम पालना गर्ने काम भएको छैन ।’

 

राजश्वको भनाई मान्ने हो भने व्यवसायीले कानून नटेर्ने र स्किम आएपछि तिरौंला भन्ने मानसिकता हावी भएको छ । ‘केही व्यवसायी स्किमको पर्खाइमा छन् तर सँधै त्यो सम्भव छैन, अटेरी प्रवृत्ति बढेको छ ।’

 

पछिल्लो समय बक्यौता रकम तुरुन्त तिर्न राजश्वले जानकारी गराइसकेको भन्दै बेवास्ता गर्नेलाई आयकर ऐन – २०५२ अनुसार कार्वाही गरिने अधिकृत गिरीले जनाए । गिरिका अनुसार करको बक्यौता नतिर्नेमा पोखराका नाम चलेका व्यवसायीहरुकै संख्या अधिक छ । 

 

ऐन अनुसार ‘कर्जा असुली’ अन्तरगत कम्पनीको चल÷अचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने देखि करदातालाई नेपाल बाहिर जान रोक लगाउनेलगायतका कारवाही उल्लेख छ । 

 

राजश्वले जनाएअनुसार १० करोड रुपैयाँको हाराहारीमा बक्यौता तिर्नुपर्ने कम्पनी पनि रहेका छन् । कर अधिकृत गिरी भन्छन् ‘फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता १० करोड रुपैयाँ बढी छ ।’

 

त्यस्तै, ५–७ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने कम्पनी थुप्रै छन् । यतिधेरै बक्यौता रकम भने करमात्र हैन । व्यवसायीले समयमै कर नतिर्दा बक्यौता हुँदै त्यसको जरिवानासहित राशी दोब्बर भएको हो । 

 

यसअर्थमा कर बक्यौताको हिसाबकिताब मिटर ब्याजको रफ्तारमा कुद्ने गरेको छ । बक्यौताको जरिवाना मिटर ब्याजजस्तै चर्काे भएको स्वयं अधिकृत गिरी स्वीकार्छन् । गिरी भन्छन् ‘बक्यौताको १५ र जरिवाना १० जोड्दा २५ प्रतिशतले मिटर घुम्छ ।’

 

राजश्वले जनाए अनुसार मूल्य अभिवृद्धि करको बक्यौतापछि ब्याजदर निकै चर्काे छ । जति ढिलो हुँदै गयौं उत्ति चर्काे हुँदै जान्छ । 
 

 

फुलबारी रिसोर्टको हकमा कारोबार नभएको धेरै वर्ष बितिसकेको छ । तर सञ्चालनमा रहँदा उसले देखाएको हिसाबकिताब अनुसार कर तिर्न बाँकी छ । ब्यापार भएकाबेला लिएको नाफाको निश्चित अंश करस्वरुप नतिरेपछि त्यसको जरिवाना बढिरहेको छ । 

 

हाल निकालेको सूचनामा पनि निर्धारित समयसम्म कर तिर्न खबरदारी गरेको तर जरिवानाको मिटर घुमिरहेको राजश्वको भनाई छ । ‘व्यापार चलेको बेला हिसाब देखायो तर कर तिरेन, निर्धारित समयमा नतिरेपछि जरिवानाको मिटर चल्यो’ गिरीले भने । 

 

कास्कीमा ६५ हजार हाराहारीमा करदाता छन् जसले व्यावसायिक पान नम्बर लिएका छन् । कसले कति कमाई ग¥यो वा कसरी अडिट रिपोर्ट बनायो भन्ने जानकारी राख्न राजश्वलाई कठिन छ । प्रायः करदाताले आफुखुशी तयार पार्न लगाएको रिपोर्टलाई नै आधार मान्नु पर्ने राजश्वको बाध्यता छ । 
 

 

गिरीकैै अनुसार व्यवसायीले तयार पारेको ‘सेल्फ एसेसमेन्ट’लाई नै आधार मानिन्छ । त्यसो त राजश्वसँग अनुसन्धान शाखा र सम्बन्धित कर्मचारी पनि छन् । तर मुस्किलले वार्षिक १ हजारजनाको मात्रै छानबिन गर्नसक्ने राजश्वले जनाएको छ ।

 

‘६४ हजार करदाताले जे विवरण बुझाए त्यही सदर गर्नुपर्ने बाध्यता छ’ अधिकृत गिरी निरिह सुनिए । 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्