अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडाैं | फागुन ३०, २०७९

अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं:  अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ ।

 

अन्जलीले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंगल्याण्डको नागरिक बताएको र नेपाल आएपछि विवाह गरी इंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको । साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।

 

त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनका लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो ।

 

अन्जलीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।  ...

थप पढ्नुहोस्

 पोखरा:  पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बार...

थप पढ्नुहोस्

पोखरा:  प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ ।  पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी प...

थप पढ्नुहोस्