मलेसिया पठाउँछु भन्दै १ सय बढी नागरिकलाई ठगी गर्ने तामाङ प्रहरीको नियन्त्रणमा

काठमाडाैं | फागुन २५, २०७९

मलेसिया पठाउँछु भन्दै १ सय बढी नागरिकलाई ठगी गर्ने तामाङ प्रहरीको नियन्त्रणमा

काठमाडौं:  वैदशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ ।  


मकवानपुर मनहरी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका  १४ मा बस्दै आएका वर्ष २८ वर्षीय आदेश तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।  


केएचएम रिक्वायरमेन्ट ग्रुप नामक नक्कली मेनपावर सञ्चालन गरी १ सय जना भन्दा बढि व्यक्तिहरुलाई मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन र बिएसडिको कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौँ भनि रकम लिई ठगी गरको आरोपमा तामाङलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । 


तामाङले सञ्चालन गरेको केएचएम रिक्वायरमेन्ट ग्रुपमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी ९० थान, केएचएमको छाप १ थान र  एसिइआर कम्पिनीको सिपीयु २ थान सहित विभिन्न कागजातहरु बरामद गरेको छ । 


प्रकाउ परेका तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ । 
 

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस &ndas...

थप पढ्नुहोस्

पर्साः   वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।   वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका स...

थप पढ्नुहोस्

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धा...

थप पढ्नुहोस्