अन्तर विद्यालय क्रिकेटमा बाराही र नविन मावि विजयी

कास्की | जेठ २३, २०७९

अन्तर विद्यालय क्रिकेटमा बाराही र नविन मावि विजयी

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् ।

 

पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित गर्‍यो  ।

 

पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा विन्ध्यवासिनी मावि ५९ रनमा समेटियो ।

 

सो खेलमा ३ विकेट लिएका बाराहीका उत्सर्ग सर्मा म्यान अफ द म्याच भए ।

 

अर्को खेलमा नविन माविले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा श्री कृष्ण मावि ५६ रनमा सिमित बन्न पुग्यो । खेलमा १४ रन साथै ४ विकेट लिएका नविन माविका निर्मल जोशि म्यान अफ द म्याच भएका थिए ।

 

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्

पोखरा:     गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएको छ  ।   शुक्रबार बसेको संसदीय दलको बैंठकले शुक्रबार दिउँसो ३ बजे बोला...

थप पढ्नुहोस्