अब आइन्दा एयरपोर्टमा लगेज चोरी नहोस्: पर्यटनमन्त्री किराँती

काठमाडाैं | माघ १०, २०७९

अब आइन्दा एयरपोर्टमा लगेज चोरी नहोस्: पर्यटनमन्त्री किराँती

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । 


निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले विमानस्थलमा हुने लगेज चोरी रोक्न कडाईका साथ सुरक्षाको व्यवस्थाको पहल गर्न आग्रह गरे । 


‘एयरपोर्टमा लगेज हराउँछ’ मन्त्री किराँतीले भने, ‘जे–जे भयो आजसम्म भयो, अब नहोस्, सुन्न नपरोस्, सहन सक्दिन म ।’ विशेषतः खाडी मुलुकबाट फर्कने नेपालीहरुले उक्त समस्या भोग्न परेको चर्चा गरे । 


‘खाडीमा उनीहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलेको छ, उसैलाई ‘डोरी लाहुरे’ भन्दै हेप्ने काम नगरौं’ मन्त्री किराँतीले भने । 


निरीक्षणसँगै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री किराँतीले अबको एक महिनाभित्र अनलाइन टिकेटिङ् लागु हुनुपर्ने बताए । ‘निजी विमान कम्पनीहरुले गरेका छन्, सकेका छन्’ उनले भने ‘हामीले किन सक्दैनौं ? मलाई नतीजा चाहियो । 


सोही क्रममा किराँतीले जहाजको मर्मत–सम्भार, ग्राउण्ड ह्याण्डलिङमा अनावश्यक रकम खर्च भइरहेको, निगममा अस्थायी र करार कर्मचारीको भीड लागेको समेत उल्लेख गरे । उनले उनीहरुको आवश्यकता र दक्षता के हो ? भन्दै राख्ने वा नराख्ने निर्णय गर्ने जनाए । 


त्यस्तै, निर्धारित समयमा यात्रुले उडान सेवा लिन नपाएको गुनासो बढेको र आफ्नो पनि भोगाइ रहेको भन्दै किराँतीले अब चुस्त र दुरुस्त तालिका बनाउन निर्देशन दिए । 


सम्पूर्ण कर्मचारी र मिडियासहित प्रस्तुत भएका मन्त्रीले निर्देशन र सुझाव दिँदै अन्त्यमा भने ‘म सफा कपडा लगाएर आएको मान्छे हुँ, मलाइ ‘कालो’ हातले छुने प्रयास नगर्नुहोला ।’

 
 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।    घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म मह...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी  हुन् ।  उनले संविधानको धारा ९२ को उपध...

थप पढ्नुहोस्

झापाः    झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् ।    शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आय...

थप पढ्नुहोस्