गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता

पाेखरा | माघ ९, २०७९

गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता

पोखराः   गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ । 


खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । 


गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ ।


खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ ।


विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने । 


गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने । 


सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन । 
 

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्