लेकसाइडमा ‘त्रिपुरा लाउञ्ज एण्ड बार’ संचालन , चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा

पाेखरा | माघ ४, २०७९

लेकसाइडमा ‘त्रिपुरा लाउञ्ज एण्ड बार’ संचालन , चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा

पोखराः   पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याएका हुन् ।


 लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ ।


‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीहरुलाई मन पर्नेछ ।’, उनले भने ।


लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाई उनको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरु बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको अभिव्यक्ति उनको थियो । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे ।


लेकसाइड १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उनको छ ।


‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महङ्गो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ ।’, उनले भने ।
त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारी समेत उनले गराएका छन् । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् ।


म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको एक महिनामा त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेको समेत बताए ।


त्रिपुराका संचालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेलजीवन सँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब संचालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् । 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्