ल्होसार: तस्वीरमा 'गुरुङ एकताको सन्देश'

पाेखरा | पुस १६, २०७९

ल्होसार: तस्वीरमा 'गुरुङ एकताको सन्देश'

पोखराः   तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कला संस्कृति झल्काउदै र्यालीसहित ल्होसार मनाएका हुन् । 


ल्होसारलाई गुरुङ समुदायको महान् पर्वको रुपमा लिइन्छ । हरेक वर्षको पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । ल्हो भनेको वर्ग र सार भनेको नयाँ भन्ने अर्थ लाग्छ । 


सोही अनुरुप पुष १५ लाई नयाँ वर्षको स्वागतमा देश तथा विदेशमा ल्होसार मनाउने प्रचलन रहदै आएको छ । साँस्कृतिक महत्वले पुष १५ मा गुम्बा तथा क्वोइबो धि मा पुजा गरेर मनाउने चलन रहेपनि सामाजिक रुपले एकताको सन्देश दिने उद्देश्यले पोखरामा संयुक्त रुपमा आज ल्होसार मनाएको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए ।

 

 
गण्डकी प्रदेश प्रकृति र सँस्कृतिमा धनि प्रदेश हो । तमु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा तमु जातिको संस्कार तथा संस्कृति अझै जिवितै छ । तमु समुदायले बोन र बौद्ध धर्ममा आस्था राख्ने गरेको पाइन्छ । धार्मिक रुपमा दुई प्रकारका धर्म अवलम्बन गरेको पाइएपनि भाषा, कला र सँस्कृतिमा भने फरकपन छैन  । त्यसैले सामुहिक रुपमा मनाइको ल्होसारले एकताको सन्देश दिएको कलाकार बालकाशी गुरुङको बताउछिन् ।


कला, सँस्कृति सिमित समुदायकोमा मात्र नभइर सिंगो देशकै सम्पत्ती हो । तमु समुदायको महान्  पर्व ल्होसार लगायतका पर्वहरुको संरक्षण गर्न सम्बन्धित समुदायको पहलकदमी मात्र यथेष्ट हुदैन । त्यसैले सरकारी पक्षबाट पनि सहयोग हुन आवश्यक देखिन्छ । 


तस्वीरहरुः 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ ।   विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोल...

थप पढ्नुहोस्

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुर...

थप पढ्नुहोस्