पहिरोका कारण अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड
पाेखरा | मंसिर १४, २०७९

पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले वडा कार्यालय र स्थानीयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए ।
‘सिक्लेस जाने सडकखण्डको खिलाङ, चिप्ली गाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा झरेकाले अहिले बाटो बन्द छ, उनले भने, ‘हिजो बेलुकीपख सुख्खा पहिरो झरेको रहेछ । अहिले एक्सभेटरले ढुङ्गा फुटाइरहेको छ । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा साँझसम्म सडक सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।’
मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको स्थानीय डम्मर गुरुङले जानकारी दिए ।
स्थानीय मादी गाउँपालिका ६ को सडक निर्माणको ठेकेदारको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको...
पोखरा: गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा म...
पोखरा: कालिका माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रक...