सिरहा ४ मा पूर्वमन्त्री पासवानलाई पराजित गर्दै जनमतका साह निर्वाचित

सिरहा | मंसिर ८, २०७९

सिरहा ४ मा पूर्वमन्त्री पासवानलाई पराजित गर्दै जनमतका साह निर्वाचित

सिरहा:   कम्युनिष्टको किल्ला मानिने सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ मा जनमत पार्टीका उम्मेदवार त्रिभुवन साह निर्वाचित भएका छन् । साहले पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई पराजित गरे ।


उनले ८ हजार २२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत ल्याए । नेकपा एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।


२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका दिलीप साह विजयी भएका थिए ।

काठमाडौं:    राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी  हुन् ।  उनले संविधानको धारा ९२ को उपध...

थप पढ्नुहोस्

झापाः    झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् ।    शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आय...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्