युवाहरु भविष्यका कर्णधार मात्रै होइनन् आजका साझेदार पनि हुन्: स्वतन्त्र उम्मेदवार गुरुङ (अन्तरवार्ता )

पाेखरा | कात्तिक १९, २०७९

युवाहरु भविष्यका कर्णधार मात्रै होइनन् आजका साझेदार पनि हुन्: स्वतन्त्र उम्मेदवार गुरुङ (अन्तरवार्ता )

पोखरा:   कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु पर्छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा स्व. रविन्द्र अधिकारी र ०७६ को उपनिर्वाचनमा विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवारलाई परिजात गर्दै निर्वाचित भएका थिए । 

 

०७६ को उपनिर्वाचनमा निर्वाचित हुदैं संसदको यात्रा सुरु गरेका भट्टराई पुनः निर्वाचित हुने लक्ष्यमा छिन् । तर उनीलाई यो पल्ट निर्वाचित हुन सोचे जस्तो सहज देखिदैन, किनभने गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल, स्वतन्त्र उम्मेदवार शिरिष गुरुङ र स्वतन्त्र उम्मेदवार  महादेव गुरुङको पनि उम्मेदवारी परेसँगै मतदाता फकाउन घरदैलोमा व्यस्त छन् ।

 

त्यसैले कास्कीको अन्य क्षेत्र भन्दा यो क्षेत्र विशेष चाँसोका रुपमा लिइएको छ । यसै सन्दर्भमा सामाजिक अभियन्तका रुपमा रहेकी शिरिष गुरुङ चुनावमा होमिएपछि कास्की २ मा उनको पर्ने प्रभाव, प्रतिवद्धता तथा एजेन्डासहितको भावी योजनाबारे गरिएको कुराकानीको संपादीत अंश:

 

–सामाजिक अभियन्ताका रुपमा परिचित तपाई अब नेतृका रुपमा पनि अघि आउनु भएको छ, राजनीतिमा तपाइको आवश्यकता किन ? 

 

हजुर यहाँहरु सबैलाई थाहा छ । म धेरै लामो समयदेखि सामाजिक सेवा र अभियानमा लागिरहेकै थिए । पछिल्लो समय र राजनैतिक परिस्थितिले मलाई पनि तानिहाल्यो । यसपछाडि केही कारण हरु छन् । देशको विकाराल अवस्था, शैक्षिक योग्यतासहितको नेताहरुको कमी, आर्थिक अनियमितता तथा भ्रष्टाचार, युथ लिडरहरुको कमी, यति मात्रै होइन देशलाई विचित्र बनाइरहेको अवस्था छ त्यसैले मैले परिवर्तनको आभाष गरेपछि राजनीतिमा आएको हुँ । मैले विचित्रको देशलाई शुन्दर चित्रमा परिणत गर्नुछ ।

 

–कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारका रुपमा चुनावमा होमिनुभएको छ, अहिले के मा व्यस्त हुनुहुन्छ?

 

निर्वाचनको समय छ उम्मेदवार दर्तापछि अहिले निरन्तर चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा व्यस्त छु । कास्की निर्वाचन क्षेत्रमा पर्ने पहिलो चरणको घरदैलो अभियानमा ११ वटा वडामा पुगिसकेको छु । अब फेरि दोस्रो चरणको कार्यक्रममा निरन्तर छु ।

 

–कास्की २ मा दाबेदार उम्मेदवारका रुपमा एमालेकी विद्या भट्टराईलाई हेरिएको छ, तपाइले उहाँ लगायत अन्य प्रतिस्पर्धिलाई कसरी लिनुभएको छ ? 

 

अब मैले उहाँलाई कुन रुपमा प्रतिद्धन्दी भन्ने । म मन लागेर भन्दा पनि समय परिस्थिति र आवश्यकताले राजनीतिमा आएको छु ।

 

आवश्यकता चाहने र शिक्षित र सक्षम नेतृत्व चाहनेले मेरो उम्मेदवारी बारे बुझ्नुभएको छ । अब देश युवाको काधमा आउनुपर्छ । उहाँहरु सबै टेस्टेड हुनुहुन्छ सबैको कार्यशैली जनतालाई थाहा छ त्यसैले अब अग्रजलाई सम्मान गर्दै युवालाई नीति बनाउने ठाउँसम्म पुर्याउनुपर्छ भन्ने यतिबेला सबैको मनमा छ त्यसैले आफुलाई योग्य ठान्दै उम्मेदवार भएर जनतामाँझ आएको छु । 

 

–पछिल्लो समय जनता फकाउन सहज छैन, यहाँको योजना एजेन्डाहरु के के छन् ? 
 

 

एजेन्डाहरु धेरै छन् । अहिले थ्याक्कै यो भन्ने भन्दापनि मतदाताको मत खेर जान दिनेछैन ।

 

मुख्यरुपमा कास्की पर्यटन क्षेत्रको महत्वपुर्ण जिल्ला हो, त्यसैले यसको आधारभुत विकास पनि राम्रोसँग भएको छैन् । पर्यटन क्षेत्र भनेर मात्र हुँदैन् आवश्यक आधारभुत विकास र प्रचारप्रसार पहिलो प्राथमिकता हो । त्यसैले यस पर्यटन क्षेत्रको राम्रो र व्यवस्थित गर्न सकेको खण्डमा मात्रै रोजगारको अवसर सिर्जना हुन्छ र धेरै युवाहरु लाभाविंत हुन्छन त्यसैले म पर्यटन क्षेत्रको आधारभुुत विकास गरेपछि विकास निर्माणको आधार तय गर्छु । 

 

– तपाई निर्वाचित भएर सदनमा स्थान बनाउनुभयो भने मुख्य प्राथमिकता कुन विषयलाई दिनुहुन्छ ? 

 

मेरो मुख्य एजेन्डा पर्यटन नै पर्छ, पोखराको लेकसाइड होटेल र रेष्टुरेन्टले मात्र झकिझकाउ छ ।
 

यसलाई थप आर्कषणमा बदल्न मेरो पहिलो प्राथमिकता छ, पर्यटनको क्षेत्रका विकसा गर्न सके हामीले शिक्षा, स्वास्थ्यसँगै भौतिक विकासमा फड्को मार्ने मात्र होइन पर्यटनक क्षेत्रको विकास गर्दा युवाहरुलाई विदेश जाने वातावरण अन्त्य गर्न सकिन्छ । त्यसपछि युवा, महिला तथा ज्येष्ठ नागरिकको पक्षमा धेरै काम गर्ने लक्ष्य छ ।  

 

-अन्त्यमा के चाहनुहुन्छ ?

 

कास्की आफैमा पर्यटन क्षेत्रको केन्द्र हो । यसलाई हामीले विश्वभर चिनाउन सके हामीले यहाँका जनतालाई रेलपानी जहाज जस्ता ठुला ठुला सपना देखाएर चुनावमा होमिनुपर्ने बाध्यताको अन्त्य गर्न परिवर्तनको आभाष खोज्दै राजनीतिमा आएको छु । 

 

कास्कीलाई पर्यटनको क्षेत्रको केन्द्रको रुपमा मैले अगाडी बढाउँदै गर्दा यहाँको विकास प्रचारप्रसारसँगै युवाहरुलाई रोजगारको व्यवस्था हुनेछ भने, यहाँको व्यापार व्यवसायमा फड्को मार्छ । त्यसैले ठुला सपनामा होइन हामी पहिले आधारभुत विकासमा लाग्नुपर्छ । आशा छ कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरालाई मनन् गर्नुहुनेछ । 
 

 

यसैगरि म अन्त्यमा जतिपनि युवा साथीहरु हुनुहुन्छ । म उहाँहरुलाई राजनीतिक चेतनाबाट अछुतो नरहनुस भन्न चाहान्छु । तपाइहामीले राजनीतिलाई फोहोरी खेल भनिरहदा आज देशको यो हालत भएको छ । युवा भनेको भविष्यको कर्णधार मात्रै होइनन्, आजका साझेदार पनि हुन् । त्यसैले अब देश हाक्ने र जिम्मेवारी बोक्ने बेला आएको छ । स्वतन्त्र भएर देशको लागि निश्वार्थ भावले लागिरहेको छु । यहाँहरुले यो कुरा मनन् गर्दै मलाई सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।
 

 

 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्