भारतीय एयर फोर्समा आजदेखि जोडियो ‘प्रचण्ड

पाेखरा | असोज १८, २०७९

भारतीय एयर फोर्समा आजदेखि जोडियो ‘प्रचण्ड

एजेन्सीः भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।

 

दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच)को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।

 

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रियस्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले उक्त हेलिकोप्टरको भिडियो र फोटो फेसबुकमा सेयर गर्दै गरेका छन् ।

 

भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बनाउने चर्चा पहिलो पटक सन् १९९९ को कारगिल युद्धपछि सुरु भएको थियो, जतिबेला भारतीय सेनाले उच्च क्षेत्रका दुर्गम क्षेत्रमा एक हलुका लडाकु हेलिकोप्टरको महसुस गरेको थियो ।

 

यस्ता छन् विशेषता

यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड ९एचएएल०ले गरेको हो । यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ ।

 

भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ । प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट)को उचाइसम्म उडान भर्न सक्छ ।

 

यो हेलिकोप्टरलाई हरेक मौसममा २४ सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिन्छ । उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिन्छ । यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्