पिएन गेट अगाडी अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच मुडभेड (तस्वीरहरु)

पाेखरा | असोज ५, २०७९

पिएन गेट अगाडी अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच मुडभेड (तस्वीरहरु)

पोखरा  : पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज साँझ दुई विद्यार्थी संगठनबीच झडप हुँदा एकजना विद्यार्थी नेता घाइते भएका छन् । 

 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच क्याम्पस गेट अगाडी झडप हुँदा क्रान्तिकारी विद्यार्थीका किरण खड्का घाइते भएका हुन । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो । सोही समयमा समयमा अनेरास्ववियु पक्षले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको अखिल क्रान्तिकारीको आरोप छ । 

 

अखिल क्रान्तिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको थियो । त्यस्को प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेका थिए । नागरिकता विधेयकको विषयमा दुई विद्यार्थी संगठनबीच मुडभेड भएको कास्की प्रहरीले जनाएको छ ।

 

सुनगाभा न्यूजको लेन्सबाट हेरौं तस्बिरहरुः 


 

 

 

 

 

 

 

 

पोखरा:   पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।  राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै ...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान का...

थप पढ्नुहोस्

पोखरा:     १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एक...

थप पढ्नुहोस्