युवाको सारथी बन्दै ‘विष्णु पुन’

पाेखरा | भदौ ३०, २०७९

युवाको सारथी बन्दै ‘विष्णु पुन’

कास्की:  पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियता मात्रै होइन क्रेज पनि चुलिएको छ ।

 

युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु बिस्तारै उनीहरुलाई सल्लाह र सुझाव दिने मार्गमा छन् । त्यसोत उनीहरुमा अनुभवको ज्यादै खाँचो हुन्छ । त्यसैले अग्रजहरुले उनीहरुलाई सकरात्मक मार्गमा निर्देश गर्छन् । 

 

यतिबेला मनसुन सकिन लागेपनि चुनावी सरगर्मी तातिदै छ । आगामी मसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा प्रस्तुत गरिरहेका छन् ।

 

विभिन्न क्षेत्रबाट नाम सिफारिस भइरहेको छ । विशेषगरि यो पटकको चुनावमा नेकपा एमाले र गठबन्धनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । विभिन्न पार्टीबाट विभिन्न क्षेत्रका लागि धमाधम नाम सिफारिस भइरहदा युवाहरुको ओइरो लागेको देखिएको छ । 

 

राजनीतिमा सक्रिय रहदैं आएका युवाहरु यतिबेला जनताको आवाज बोकेर प्रदेश वा संघीय सदनमा पुग्ने दाउमा छन् । र विभिन्न पार्टीबाट नाम सिफारिस भइरहेको छ । गठबन्धनसँगै नेकपा एमालेले पनि युवाहरुलाई प्राथमिकतामा राखेरै सिफारिस गरिरहेको छ ।

 

नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का लागि आफुपनि सिफारिस भएको युवा नेता विष्णु पुनले जनाए । युवाहरुको सारथी बनिरहेका उनी लोकप्रिय र आस लाग्दो नेताका रुपमा परिचय बनाउँदैछन् । 

 

प्रखर वक्तासमेत रहेका युवा नेता पुनले अबका युवाहरुको सारथी बन्ने बताउदै देशको विकास भएको खण्डमा युवाहरु विदेश पलायन हुन नपर्ने बताए । 

 

‘अहिले वर्षेनी ४०-५० लाख युवाहरु वैदेशिक रोजगारीका लागि अमेरिका र कोरिया पुगेका छन्, उनले सुनगाभा न्यूजसँग भने, ‘अग्रजलाई सम्मान गर्दै युवाहरु हरेक क्षेत्रमा अगाडी बढ्न खाँचो छ त्यसैले अब यहीकै  खोरियालाई कोरिया बनाउनुपर्छ ।’

 

उनले राजनीति आफैमा गलत नभएको बताउदै भने, ‘राजनीति आफैमा गलत छैन तर गलत व्यक्तिले गर्दा आज राजनीति गलत ढंगबाट अघि बढिरहेको छ । यसको  फिल्टर हुनु जरुरी छ ।’

 

अब्बल नेता पुनको राजनैतिक यात्रा

 

नेपाल कम्युनिष्ट पार्टी एमाले र त्यसका भातृसंगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ, युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ र एमालेको वडा कमिटीदेखि नगर र जिल्ला कमिटीसम्म आवद्ध भएर पुनले काम गरिसकेका छन् । 

 

पोखरास्थित पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहसम्म अध्ययन गरेका युवा नेता कलिलै उमेरदेखि नै राजनीतिमा समय लगानी गरिसकेका छन् । सानै उमेरदेखि नै राजनीतिमा होमिएका उनी अनेरास्ववियु प्राक अध्यक्ष, क्षेत्रीय सदस्य हुदैं जिल्ला कमिटी सदस्यसम्म बन्न भ्याएका छन् । उनले राजनीति मात्र नभई सामाजिक अभियन्ताका रुपमासमेत आफुलाई चिनाइसकेका छन् ।

 

युथ फोर्स लेखनाथ नगर कमिटीको सचिव र संयोजक हुदैं युवा राजनीतिको अनुभव बटुलेका उनी २०६९ सालमा युवा संघ नेपाल काकीको नवौं जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भए । 

 

युवा संघ नेपाल कास्कीको २०७० सालमा कास्की जिल्ला संयोजक सम्हालेका पुनले २०७१ सालमा जिल्ला अध्यक्ष भएर काम गरि सकेका छन् । युवा संघ नेपालको २०७१ सालमा केन्द्रिय सदस्य समेत भएका थिए । 

 

पार्टीको विभिन्न भातृसंगठनमा रहेर काम गरेका पुन २०७८ सालमा नेकपा एमालेको दशौ कास्की जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएर अहिले राजनीतिमा सक्रिय  छन् ।

 

खेलाडीहरुलाई एकताबद्ध गराउन उनलाई नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । 


 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।   प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना ग...

थप पढ्नुहोस्

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गु...

थप पढ्नुहोस्

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइत...

थप पढ्नुहोस्